बेलायत सरकारमा सेनासम्बन्धी मामिला हेर्ने एक मन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् ।
बेलायतका स्टेट मिनिस्टर अफ आर्म्ड फोर्सेस मार्क लांकास्टर यही फेब्रुअरी ९ देखि १३ सम्मको नेपाल भ्रमणमा जान लागेका हुन्। लण्डनस्थित नेपाली दूतावास स्रोतले उनको भ्रमण तय भएको जानकारी दिएको हो।
उनीसँगै बेलायती सेनाका चिफ अफ जेनेरल स्टाफ निकोलस कार्टर पनि नेपाल भ्रमणमा जाने भएका छन् ।
नेपालमा रहँदा मन्त्री लांककास्टरले नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने तथा नयाँ भर्ती भएका गोर्खाहरुको परेड अवलोकन गर्ने लगायतका कार्यक्रम छन्।
सेना मामिला हेर्ने बेलायती मन्त्री नै नेपाल भ्रमणमा जान लागेको खबरले भूपू गोर्खाहरु पनि आफ्ना मागहरुका पक्षमा सकारात्मक वातावरण बन्ने भन्दै आशावादी देखिएका छन्।