नेपाल पत्रकार महासंघ बेलायत शाखामा नयां कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न शाखाको चौंथो अधिवेसनमा यसअघिकै अध्यक्ष नरेश खपाङ्गी मगरकै अध्यक्षतामा नयां कार्यसमिति चयन गरिएको हो।
नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुञ्जा र बिमला सेने, महासचिवमा सञ्जय कंडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन कार्की, कोषाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री र सहकोषाध्यक्षमा रोशन राई चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ, नरेश काङमाङ, सुरेन्द्र इङ्नाम, तीर्थ बहादुर मल्ल (अनिल), गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट चयन भएका छन्।
केन्द्रीय प्रतिनिधीका रुपमा अधिवेसनमा सहभागी महासंघ केन्द्रका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलाई नयां कार्यसमिति गठनको सम्पुर्ण अधिकार दिइएको भन्दै उनीहरुकै सिफारिसमा नयां कार्यसमिति घोषणा गरिएको थियो।
बिभिन्न पदमा मनोनयन गरेका सम्पूर्ण उम्मेदवारहरुलाई समितिमा समेट्दै कैयौं पदहरु थप समेत गरिएको छ। निर्वाचन समितीले नयाँ कार्यसमिती घोषणा गर्दै गर्दा विधी र प्रक्रिया मिचेर समिति घोषणा गरिएको भन्दै कतिपय सदस्यहरुले असहमति जनाएका थिए।
एकाध दर्जन नेपाली पत्रकारहरु सक्रिय पत्रकारितामा क्रियाशील रहेको बेलायत शाखामा पत्रकारको सदस्यता पाउनेहरुको संख्या ९७ पुर्याईएको छ। विगत कार्यकालहरु देखी नै चुनावी प्रयोजनलाई मध्यनजर गर्दै गैर पत्रकारहरु संस्थामा भित्र्याईनुमा आम असन्तुष्टी पोखिने गरेको छ।