फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा फिन्निश-नेपाली समाजको समर पिकनिक २०१८ सम्पन्न भएको छ। हरेक वर्ष जस्तै यसवर्ष पनि हेल्सिन्किको मिल्युपुरोमा आयोजित कार्यक्रममा फिन्ल्याण्डका बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता थियो।
सन् २००५ सालामा स्थापना भएको समाजले नेपाली संस्कृतिलाई निरन्तरता दिने, चाडपर्वहरु मनाउन ब्यब्स्था गर्ने, बिदेशमा जन्मेर हुर्केका बालबालीकाहरुलाई नेपाली भाषा सिकाउन जोड दिने र नेपालमा बिभिन्न संघ-सँस्थासँगको सहकार्यमा समाजिक सहयोग गर्ने साथै विपत्तिको समयमा सहयोग जुटाउने जस्ता कार्य गर्दै आएको छ ।
२०७२ वैशाख १२ मा भएको प्राकृतिक विपत्तीमा संस्थाले भूकम्पबाट अती प्रभावित रि गाविसको तावल गाउँमा झन्डै ६ लाख रूपैँया बराबरको सहयोग पुर्याएको थियो। २०७३ सालमा गुल्मीको बडागाउँ गाविसको वडा न १ र २ मा लागेको भीषण आगलागीबाट पीडितहरुको राहतको लागि पनि समाजले २ लाख रुपैँया नगद सहयोग हस्तान्तरण गरेको थियो।
दुबै मृगौला फेल भएर उपचार गराईरहेका निम्न बर्गिय परिवारका सदस्य गुल्मी पुल्कामुखका म्रिगेन्द्र श्रेष्ठलाई नगद २ लाख रुपैँया सहयोग गरेको थियो।
त्यसैगरी समाजले गत वर्ष धुर्मुस सुन्तली फाउण्डेशनलाई पनि आर्थिक सहयोग गरेको थियो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा क्रियाशिल अन्य संस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो ।
गत वर्ष नै फिनल्याण्डमा ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउन फिन्निश-नेपाली समाजले झन्डै १ लाख रुपैँया सहयोग गरेको छ। खोटाङको रतन्छाका दिपक राईको गत वैशाखमा फिन्ल्यान्डमा मृत्यु भएको थियो।
फिनल्याण्ड हुँदै नर्वे जाने क्रममा मृत्यु भएका राईको अवैधानिक बाटो भएर नर्वे जान लागेको भन्दै नेपाल सरकार र फिन्ल्याण्ड सरकारले कुनै चासो नदिएपछि शव गत ४ महिना देखि फिन्ल्यान्डमा अलपत्र थियो।