लण्डनमा बस्दै आएका एक भूपू गोर्खालाई ठगी मुद्दामा जेल सजाय भएको छ।
होलिडेमा जानेहरूलाई गलत सूचना दिएर रकम ठगी गरेको अभियोगमा तेजबहादुर गुरूङलाई २५ महिनाको जेल सजाय तोकिएको हो।
गुरूङ मार्खर ट्रेडर्स लिमिटेड नामक कम्पनीका निर्देशक रहेको बताइएको छ। अबको १० वर्षसम्म उनी कुनै पनि कम्पनीको निर्देशकमा रहन अयोग्य समेत भएका छन्।
गुरूङलाई झण्डै ७० हजार पाउण्ड बराबरको रकम ठगी गरेको अभियोगमा अदालतले सजाय सुनाएको हो।
गुरूङले लण्डनको ह्यारो क्षेत्रमा बस्ने भूपू गोर्खाहरु होलिडेमा जाने क्रममा अन्तिम समयमा उडान स्थगित भएको गलत सूचना दिएर नयां बुकिङ गर्न लगाएर ठगी गर्दै आएको बताइएको छ।