फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ।
फिन्निश-नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो। आगामी सेप्टेम्बर २ आईतबार हेल्सिन्की स्थित कोन्तुलामा सम्पन्न हुने कार्यक्रममा फिन्ल्यान्डका बिभिन्न स्थानहरुमा रहेका नेपाली संघसंस्था तथा दिदिबहिनीहरुको समूहले सहभागीता जनाउने अपेक्षा रहेको आयोजकहरुले बताए।
फिन्ल्यान्डमा आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको पहलमा एउटा छुट्टै पहिचान बनाएको फिन्निश-नेपाली समाजले नेपाली चाडबाडहरुमा हरेक बर्ष बिबिध कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ।
यस पटकको तीजमा पनि अघिल्लो वर्ष जस्तै विशेष प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्य बाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ ।
फिन्ल्यान्डका बिभिन्न स्थानमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर मनोरञ्जन लिन संस्थाले फिन्ल्यान्डवासी सबैमा अनुरोधसमेत गरेको छ।
यस पटकको कार्यक्रम अघिल्ला वर्षमा भन्दा थापा ब्यवस्थित र भब्य हुने त्यस्तै उल्लेख्य मात्रामा नेपाली दाजुभाई दिदि-बहिनीहरुको उपस्थिति हुनेमा आफू विश्वस्त रहेको समाजका अध्यक्ष हेमराज शर्माले बताए।
१० युरो प्रवेश शुल्क तोकिएको कार्यक्रममा उपस्थित सबै दर्शकहरुलाई समाजले खानपिनको पनि ब्यवस्था गरेको छ।
दिउँसो १ बजे देखि शुरू हुने कार्यक्रम बेलुका ९ बजेसम्म चल्ने छ।