बेलायती प्रधानमन्त्री टेरिसा मेले संसद्मा विश्वासको मत पाएकी छन्।
उनीविरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गर्दै उनले विश्वासको मत पाएकी हुन्।
उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन्।
जितपछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनी जनताको चाहाना पूरा गर्न आग्रह गरेकी छन्।
संसदमा भएको मतदानमा उनको दल कन्जरभेटिभ पार्टीका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो।
उनले बुधबारसम्म पनि आफ्ना सांसद तथा सहकर्मीहरूलाई आगामी मार्चमा बेलायत ईयूबाट अलग हुने भएकाले अहिलेनै नेतृत्व फेर्ने समय नभएको भन्दै मनाउने प्रयास गरेकी थिइन्।