युरोपियन युनियनमा रहेका सदस्य राष्ट्रहरूमा आगामी जुन १५ गते पछि मोवाइल फोन सेवा उपभोग गरेवापत लाग्ने रोमिङ शुल्क नलाग्ने भएको छ। लामो प्रतिक्षा पछि युरोपियन युनियनले गरेको निर्णयले युरोपियन युनियनमा रहेका नागरिकहरू लाभान्वित हुनेछन्।
यसअघि युरोपियन युनियनमा रहेको सदस्य देशहरुमा एउटा देशको मोवाइल अर्को देशमा गई सेवा लिँदा निकै महंगो रोमिङ शुल्क तिर्नुपर्ने बाध्यता हुन्थ्यो।
नयाँ नियम अन्तर्गत निम्न सेवा युरोपियन युनियनका नागरिकहरुले पाउने छन्।
उदाहरणको लागि बेल्जियमको मोवाइल अपरेटरबाट सेवा उपभोग गरिरेहेका नागरिकले फ्रान्समा गई मोवाइल फोनमा कल रिसिभ गर्दा एसएमएस हेर्दा अब रोमिङ शुल्क तिर्नु पदैन।
युरोपमा मोवाइल फ्री फोन एसएमएस र एमएमएस वा डाटा प्याकेज सेवा हुने हुँदा अब वेल्जियमको नागरिकले युरोपियन युनियन अन्तर्गतका देशबाट वेल्जियमकै नम्वरमा फोन गर्दा एसएमएस र एएमएस पठाउँदा वा डाटा प्रयोग गर्दा प्याकेगमा रहेको अवस्थामा सोही बमोजिम सेवा उपभोग गर्न पाउने छन् वा वेल्जियममा यस अघि तिरेको प्रति मिनेट वा प्रति एसएमएस वा एमएमएस र डाटा वापत तिर्नु पर्ने शुल्क मात्र तिर्नुपर्ने हुन्छ।
यद्यपी बेल्जियमको अपरेटरबाट सन्चालित फोनबाट युरोपियन युनियनका अन्य देशको नम्वरमा फोन कल गर्दा एस एम एस पठाउँदा भने प्याकेजमा रहे अनुसार सोही वमोजिम अन्यथा अन्तर्राष्ट्रिय सेवा वापत लाग्ने शुल्क तिर्नु पर्ने हुन्छ।
यसै गरी वेल्जियमको सेवाग्राही स्पेन गई वेल्जियमका अपरेटरवाट सन्चालित मोवाइलवाट स्पेनको नम्वरमा वा वेल्जियम बाहेक अरु देशको नम्वरमा फोन गर्दा प्याकेजमा अन्तर्राराष्ट्रिय कल समेत रहेको भए सोही बमोजिम र प्याकेजमा नभए अन्तर्राष्ट्रिय कलवापत मोवाइल अपरेटरहरुले लगाउने शुल्क तिर्नुपर्ने छ। यसमा ती व्यक्तीले उपयोग गरेको अपरेटरले लगाएको शुल्क वाहेक यस अघि लाग्ने गरेको अन्य शुल्क लाग्ने छैन।
युरोपियन युनियन अन्तर्तगत बुल्गेरिया, साइप्रस, टर्की (तटस्थ संयुक्त राष्ट्र बाहेक), डेनमार्क, जर्मनी, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स ग्रीस, हंगेरी, आयरल्यान्ड, इटाली, क्रोएशिया (फ्रान्सेली गायना, ग्वाडेलोप, मार्टिनिक, मायोट्टे को फ्रान्सेली भाग सहित) , लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्याण्ड, अस्ट्रिया, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सान मारिनो, स्लोभेनिया, स्लोभाकिया, स्पेन, चेक गणतन्त्र, भेटिकन, संयुक्त राज्य (जिब्राल्टर सहित) (मेडिरा र अजोरेस सहित), मोनाको र स्वीडेनमा रोमिङ शुल्क लाग्दैन।
यस्तै नर्वे, आइसल्याण्ड र लिखटेन्स्टाइनमा पनि रोमिङ शुल्क लाग्ने छैन
तर स्विट्जरल्याण्ड, आन्डोरा र अन्य सबै युरोपियन युनियन वाहेकका देशमा अझै पनि रोमिङ शुल्क तिर्नुपर्ने हुन्छ।