उत्तरी लन्डन नजिकै भएको आतंककारी आक्रमणमा एकको मृत्यु र १० जना घाइते भएका छन्।
उक्त घटनामा एक आतंककारीले फिन्सबरी मस्जिदबाट प्रार्थना गरेर घर फर्कंदै गरेका मानिसको भिडमा आफ्नो भ्यानले ठक्कर दिएका थिए।
४८ वर्षीय गाडी चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। बेलायती सरकारले उक्त घटनालाई ‘सम्भावित आतंककारी हमला’ भनेको छ। घटनामा मर्ने र घाइते हुने सबै मुस्लिम समुदायका छन्।
घटनाबारे थप अनुसन्धान हुँदैछ।