नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी चुनिएका छन्।
गत साता लन्डनमा सम्पन्न मञ्चको अधिवेशनले पुडासैनीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो।
पुडासैनी नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, नारद भण्डारी र महिला उपाध्यक्षमा सरस्वती केसी छानिएका छन्।
त्यसैगरी महासचिवमा विजय विक्रम लिंग्देंन र सचिवको जिम्मेवारीमा दाशुराम पाण्डे र हेम लिम्बु आएका छन्।
नवनिर्वाचित सदस्यमा नरेन्द्र कँडेल, मिलन घिमिरे, केदार थपलिया, हरि आचार्य, यम भण्डारी, उमेश राज मोक्तान, वसन्त नेपाल, अर्जुन खतिवडा, जोनी पहाडी, रमेश न्यौपाने, बिमला सेने शुशिला राई, कृष्ण भण्डारी, कृष्ण तिवारी हरि गोविन्द गुरुङ मोहन राज बाँस्तोला र महेन्द्र केसी छन्।
यसअघि उद्घाटन सत्रको कार्यक्रममा नेपालबाट निम्त्याईका एमाले नेता योगेश भट्टराईले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तब्य राख्दै नेपालको समग्र राजनीतिक घटनाक्रम, प्रवासी नेपालीका माग र मुद्दाको सम्बोधनमा आफूहरूको चासो र नेपालको विकासमा एनआरएनको भूमिका लगायत विषयमा बोलेका थिए।
मञ्चका निवर्तमान अध्यक्ष राम शरण सिंखडाको अध्यक्षता सम्पन्न कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य डा. विजय पौडेल, बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी एन आर एन अध्यक्ष मुच्छेत्र गुरुङ, यूरोप संयोजक कुल आचार्य लगायत बिभिन्न पार्टी आवद्द्द प्रतिनिधिले शुभकामना मन्तब्य दिएका थिए।
बन्द सत्र पछिको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई नेकपा एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई सहितको अध्यक्ष मण्डलले सपथ खुवाएको थियो ।