ग्लोबल पोलिसी फोरम नेपालका अध्यक्ष तथा ब्रिटेनस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले डा. गोविन्द केसीका मागहरु तत्काल पुरा गर्न नेपाल सरकारलाई आह्वान गरेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै प्रा. सुवेदीले डा. केसीले जारी राखेको अभियान नेपाल र नेपालीको सर्वोत्तम हितमा भएको बताए। उहाँले नेपालमा उच्च शिक्षाको व्यवस्थापन र प्रशासनलाई राजनीतिमुक्त बनाउन खोज्नुभएको छ, सुवेदीले भने।
“उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा नेपालमा उच्चशिक्षाको गुणस्तर नराम्रोसंग प्रभावित भएको छ। नेपालको आर्थिक विकासकालागि गुणस्तरीय शिक्षा एक पूर्व शर्त हो। त्यसैले डा. केसीका मागहरुलाई संबोधन गरेर नेपालमा उच्च शिक्षाको भविष्यकाबारे एउटा वृहत् पुनरावलोकन गर्न आवश्यक भैसकेको छ,” प्रा. सुवेदीले आफ्नो वक्तव्यमा भनेका छन्।
ग्लोबल पलिसी फोरम फर नेपालले गत जुन महिनामा बेलायतको लिभरपुलस्थित जोन मुअर्स विश्वविद्यालयमा दोश्रो सम्मेलन आयोजना गरी “
नेपालको संविधान कार्यान्वयनका चुनौतीहरु” विषयमा छलफल पनि गरेको थियो।
शनिबार काठमाडौंमा डा. गोविन्द केसीको अभियानप्रति ऐक्यबद्धता जनाउन आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागी भएकी थिइन्।