गैर आवासीय नेपाली संघ बेलायतको आसन्न सातौँ अधिवेशनमा भाग लिन ३ हजार ६ सय २५ जना बेलायतका गैर आवासीय नेपालीले सदस्यता आवेदन दिएका छन्।
जसमध्ये झन्डै ५० प्रतिशत (१ हजार ७ सय १३) आवेदन अनलाईन मार्फत र बाँकी १ हजार ८ सय ६२ कागजी फाराम मार्फत सदस्यता प्राप्त भएको जानकारी एन आर एन युकेका अध्यक्ष मुच्छेत्र गुरुङले दिए।
सेप्टेम्बर ९ तारिकको लागि तय एनआरएन यूकेको अधिवेशनममा भाग लिन वैध हुने गरी सदस्य बन्न सक्ने समय अगस्ट १४ सम्म तोकिएको थियो ।
निर्वाचन समितिका सदस्यसचिव राम शरण सिंखडाका अनुसार प्राप्त आवेदन प्रमाणिकरण पश्चात आगामी शनिबार १९ अगस्टमा निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्नेछ। यसअघि निर्वाचन समितिले एक अन्तरकृया कार्यक्रम गर्दै निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यतालिका समेत प्रकाशित गरिसकेको छ।
काठमाडौंमा बन्दै गरेको एन आर एन भवन सहयोगार्थ भन्दै गरिएको सदस्यता शुल्क अभिवृद्धि पश्चातको २५ पाउण्ड सदस्यता शुल्कको कारण कम सदस्य बन्न सक्ने आंकलनका बिच यो सदस्य संख्या सार्वजनिक भएको हो।
एन आर एनए यूकेको अध्यक्ष पदको लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राई आफ्नो उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन । त्यसैगरी अन्य पदाधिकारीको लागि दर्जनौ आकांक्षीले आफ्नो उम्मेद्वारी दिने क्रम जारी छ ।