बेलायतका राजकुमार विलियम र राजकुमारी केट तेस्रो सन्तानका आमाबावु बन्ने भएका छन्। यसअघि उनीहरुका चार वर्षीय छोरा जर्ज र दुई वर्षीया छोरी स्यारलोट छन्।
बिबिसीका अनुसार केन्सिङट्न दरबारले सोमबार यो खबर सार्वजनिक गरेको हो। सोमबारै लण्डनमा हुने एक कार्यक्रममा केट गर्भवतीबेला हुने समस्याका कारण जान सकिनन्। उनलाई गाह्रो भएकाले उनी केन्सिङट्न दरबारमै आराम गरिरहेकी पनि बताइएको छ।
यो खबरले रानी एलिजावेथसहित पूरै परिवार खुसी भएका पनि केन्सिङट्न दरबारले बताएको छ।
क्याम्ब्रिजका राजकुमार विलियम र केटको विवाह सन् २०११ मा भएको थियो। जर्ज २०१२ र स्यारलोट २०१६ मा जन्मिएका हुन्।