एनआरएन यूकेको अध्यक्षमा योगकुमार फगामी विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा कार्यसमितिको अधिकांश पदाधिकारीमा फगामीकै प्यानल विजयी भएको हो। अध्यक्ष निर्वाचित फगामीले १२ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९ सय १२ मत पाए। अर्का अध्यक्ष उम्मेदवार हिराधन राईलाई ५ सय ६० मत आयो।
शनिबार मध्यरातमा सुरु भएको मतगणना आइतबार बिहान झन्डै ७ बजे सकिएको थियो ।
नयाँ कार्यसमितिको ६ जना उपाध्यक्षको पदमा पुनम गुरुङ , शेर सुनार, डा प्रेम आले, सुशिला राई, ललित न्यौपाने र प्रेम गाहा विजयी भए। उपाध्यक्षमा कुल ११ उम्मेदवार थिए ।
महासचिवमा आर के त्रिपाठी निर्वाचित भए ।
उपमहासचिवमा विनय अधिकारी र ३ सचिवमा तारानाथ भण्डारी , नारायण गाउँले र सुरोज मास्के निर्वाचित भए ।
कोषाध्यक्षमा सचिन श्रेष्ठ बिजयी भए । सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ बिजयी भएका छन् । त्यस्तै , २ युवा संयोजकमा लालबहादुर गुरुङ ( एलबिजेड ) र कुमार थापा बिजयी भए ।
९ सदस्यमा अर्कराज तिमिल्सिना, गङ्गा बहादुर राना , बिमला लिम्बू, डेबिन्द्र थापा, पवन राई , मुकेश राना , पवन शर्मा , होमनाथ पौडेल र जित बहादुर रानाभाट बिजयी भएका छन् । सदस्यका कुल उम्मेदवार १५ थिए ।
३ आइसिसी सदस्यमा शान्ति थापा , जय प्रकाश गुरुङ र कुमारी गुरुङ निर्वाचित भए ।