सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
चीनबाट सुरू भई विश्वभरी छायो
सबै मानिस डराउने कस्तो भाइरस आयो
धनी-गरिब, ठूलो-सानो सबै बराबर
सबैजना बसेका छन् बन्दी भई घर।
रूघाखोकी जस्तो हुने छिट्टै फैलिई जाने
हेलचेक्रर्याइँ गर्नेलाई काल बनी लाने
खतरनाक यो विषाणुको कोरोना रे नाम
संसारमा कसैलाई गर्न दिएन काम।
कोरोनाको शंका लागे छुट्टै बस्नुपर्ने
नजिक हुने जो कोहीलाई साह्रै छिटो सर्ने
संसारका धेरै देशमा पुगिसक्यो हेर
लापरबाही गरेर नै मरेका रे धेर।
मानिसहरू डराएर उडिसक्यो चैन
डाक्टरले भनिसके औषधी केही छैन
सुरक्षित भई बसौं आफ्नाे आफ्नाे घर
साबुन लगाई २० सेकेन्ड हात धुने गर।
हाच्छिउँ गर्दा मुख छोपौं, मास्क प्रयोग गरौं
छिमेकीलाई दुःख परे, एक भई जुटौं
तातो पानी खाने गरौं, अलग बसौं
सृजनात्मक काम गरौं, सकारात्मक सोचौं ।
(आयुश अधिकारी सेन्ट जेभियर्स स्कुल गोदावरी, ललितपुरमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com