सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बाबाआमा हजुर मेरो सबैभन्दा प्यारो
हजुरहरू नै हो मेरो अँध्यारीको दियालो
हजुर बिना एकपल पनि लाग्दैन मलाई रमाइलो।
हजुरहरूबाटै बुझेको छु धर्म, कर्म, संस्कार अनि संस्कृति हुन् हाम्रा गहना
बुझेको छु केही थोरै,
सबैभन्दा ठूलो धर्म हो सेवा र सबैप्रति राख्नुपर्छ असल भावना
अनि सबैभन्दा ठूलो कर्म हो सत्यकर्म।
हजुरहरू नै मेरो धर्मका देवता
हजुरहरू बस्ने ठाउँ नै मेरो मन्दिर
हजुरहरूको सेवा नै मेरो धर्म
त्यही भएर त रहर छ हजुरहरूको काखमा, हजुरहरूको साथमा बस्न अनि रमाउन।
मेरो लागि परेको छ भोकतिर्खा, दिनरात नभनी पसिना बगाउन
मेरो ओठले कुरा नखोले पनि बुझेको छ है मेरो मनले बाबाआमा
म पनि पढीलेखी एकदिन त सकुँला नि पक्कै हजुरहरूलाई साथ दिन।
सिकेको छु हजुरहरूबाट मिहेनेत गर्न
सिकेको छु हजुरहरूबाट कहिल्यै झुट नगर्न
सिकेको छु मेराजस्तै हजुरहरूको इच्छा पूरा गर्न
सिकेको छु बालकदेखि वृद्ध सबैलाई माया र सम्मान गर्न।
कहिले छोरा जस्तो गर्नुहुन्छ
कहिले चेला जस्तो गर्नुहुन्छ
कहिले बडा जस्तो गर्नुहुन्छ
कहिले देवता जस्तो गर्नुहुन्छ
त कहिले फेरि एक असलमित्र जस्तो गर्नुहुन्छ
त्यसैले त,
सिकेको छु नि साना ठूला सबैलाई मित्रवत व्यहार गर्न।
देखेको छु दिनरात हजुरहरूले सम्हालेको समाज अनि घर परिवार
त्यसरी नै म पनि बन्ने चाहना छ एक असल नागरिक जिम्मेवार
अलिअलि थाहा पाएको छु, गर्न हुन्न घमण्ड र अभिमान
आँच आउन दिने छैन हजुरहरूको सम्मान र देशको स्वभिमान।
धन्यवाद छ बाबाआमा हजुरहरूले मेरो लागि दिएकोमा योगदान
हजुरहरूको जयजय होस्
हजुरहरू नै हो मैले धाउने मन्दिरको असली भगवान।
(प्रज्वल शंखर पौडेल गण्डकी बोर्डिङ् स्कुल, पोखरामा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com