सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आमा तिमी जन्म दिने मलाई
आमा तिमी कर्म दिने मलाई
आमा तिमी एउटा सिंगाे रूख हो
म त केवल त्यसमा फलेको एउटा मिठो फल।
तिमीले मलाई जगत देखायौ
औंला समाई हिँड्न सिकायौ
तिमीसँग सिकेँ मैले बोली
त्यसैले होला रमाउँछु म तिम्रै वरिपरि।
प्रिय लाग्छ मलाई तिम्रो त्यो मुस्कान
त्यही नै हो मेरो जीवनको ठूलो वरदान
धन्य छ तिम्रो त्यो रातदिनको खटाई
खुसी राख्छौं हामीलाई आफ्नो सबै सुख हटाई।
बाँधिई रहन पाऊँ तिम्रो न्यानो अंगालोमा
बसी रहन पाऊँ तिम्रो स्नेहको छायामा
म गर्व गर्छु आफूँलाई तिम्रो छोरा भन्न पाएकोमा
धन्यवाद छ तिमीलाई, मलाई सधैं राम्रो बाटोतर्फ हिँड्न सिकाएकोमा।
(प्रियांकुश गौतम पाठशाला नेपाल फाउन्डेसन, बानेश्वर, थापागाउँमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)