सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
एउटा अकल्पित फैसला। म सल्लाघारीस्थित गुरूकुलमा अध्ययन गर्थेँ। सबै राम्रो थियो। साथीहरू थिए। राम्रा गुरूहरू हुनुहुन्थ्यो। बिहान ७ बजे कुद्दै बस स्टप पुग्थेँ। पढाई पनि राम्रै थियो।
९ कक्षा निकै गार्हो हुन्छ भन्ने सुनेकी थिएँ। किताबसँग होइन, आफ्नो मानसिकतालाई गार्हो बनाएको थिएँ। आमाबुबालाई होम ट्युसनको प्रस्ताव राखे पनि त्यो असम्भव देखियो।
पेशाले मेरी आमा शिक्षक भए पनि घरको कामले उहाँलाई फुर्सद मिल्दैनथ्यो।
मलाई मेरो मानसिकताले नै होम ट्युसन चाहिन्छ भन्ने पक्षमा लागिसकेको थियो। केही पार नलागेपछि बुबाले आइआरआइ स्कुल जाने भन्नुभयो।
मैले बुबालाई 'हुन्छ म आइआरआइमा पढ्छु' भनेँ।
त्यो स्कुल घरभन्दा टाढा भएकाले होस्टल बस्नुपर्ने भयो। राजर्शी गुरूकुलको अन्तिम दिन साह्रै खिन्न भयो। बचपनदेखि कै साथीहरूबाट टाढिनु परेर होला। धेरै साथीहरूको आँखा पनि रसाएका थियो। साथीहरू रोए पनि मसँग चाँडै भेट्न आउँछु भन्नुबाहेक अरू शब्दै थिएन।
आइतबार बिहान उठेर तयार भएँ। हामी ८ बजे स्कुल पुग्नु पर्ने थियो। स्कुल पुगेर भर्ना गरियो। कपी-कलम किनेँ। बुबाआमा फर्कनुभयो।
मलाई डर लागेको थियो। नौलो मान्छे, नौलो ठाउँ, साथी कस्ता होलान् भन्ने। तर राम्रा साथी पाए।
जिन्दगीमा परिवारसँग टाढा हुनुपर्ला भनेर सोचेको थिइनँ। तर जे हुन्छ राम्रैका लागि हुन्छ।
(अबिशा ढुंगेल आइआरआइ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)