सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हल्लायो विश्वलाई नै कोरोनाले
सबैमा फैल्याछ त्रास यसले
वुहान रैछ कोरोनाको उद्गम स्थल
कोरोनाले बन्द गरायो सिनेमा हल।
जन्मै बैगुुनी रैछ यो कोरोनाको
सारालाई रूवाउने नै बनायो
यसैको कारण देश नै भयो लकडाउन
यसैले पसलहरू पनि बनायो सटडाउन।
पाइया छैन कुनै पनि यो भाइरसको औषधी
त्यसैले सुरक्षा आफ्नो आफैंले गर्ने हो साथी
थोरै मात्र छ संग्रह खाद्यान्नको
भोलि के हुने हो है प्राण धान्नको।
विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यृ छन् अमेरिकामा
त्यसैले नै सबैजना क्वारेन्टाइनमा बसेका छन् घरघरमा।
(अनुश्का बगाले ज्ञानकुञ्ज उच्च मा.वि, रविभवन माछागेटमा कक्षा ६ मा अध्ययनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com