सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले हामी सबैजना घरमा परिवारसँग बसिरहेका छौं।
लकडाउनका बिदामा मैले बाबा रामदेवको योग अभ्यास हेरेर धेरै कुरा सिकेँ। पहिला मलाई योगको बारेमा केही पनि थाहा थिएन। विद्यालयमा कहिले कहिले सिकाउनुहुन्थ्यो।
पढने, गृहकार्य गर्ने गर्नु पर्दा बिर्सेको थिएँ। घरमा पनि आमाबाबाले मात्र गर्नुहन्थ्यो। किनकी हाम्रो विद्यालयको बस बिहानै आउँथ्यो।
अहिले बिस्तारै मलाई धेरै योग र ध्यान गर्न आउँछ। हरेक दिन बिहान योग गर्नुको धेरै महत्व रहेछ। हामीले स्वस्थ्य हुनका लागि पनि योगका अभ्यासहरू गर्नुपर्छ। बिहान बिहान ध्यान पनि गर्नुपर्छ।
ध्यानसँगै लामो लामो सास तान्ने र फाल्ने अभ्यास पनि गर्नुपर्छ। बाबा रामदेवले यसलाई दिनभरी शरीर रिचार्ज गर्ने विधि भन्नुभएको छ। यस्तो गर्दा हाम्रो शरीरमा आवश्यक अक्सिजन पनि पुग्ने रहेछ।
मैले यो लकडाउनभरी हरेक दिन बिहान आमाबाबासँग योग अभ्यास गरिरहेको छु। बाबा रामदेवले सिकाउनुभएको योगका कुराहरू सिक्यौं भने हाम्रो शरीरको लागि फाइदा हुने रहेछ।
मलाई अहिले ध्यान गर्न, ताड आसन गर्न र अनलोम बिनलोम गर्न राम्ररी आउँछ। रमाइलो पनि लाग्छ।
बिदाको समयमा मैले जस्तै हजुरहरुले पनि योग गर्नु है!
(समिप सिग्देल मिल्सबेरी स्कुल, बाँसबारी काठमाडौंमा कक्षा तीनमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)