सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
घरमै बस्ने बनायो कोरोनाले साथी
चरा मात्र उडेको देख्छु आकाशमाथि
किन भयो यस्तो सोच्छु एक्लै मैले
स्कुल जाने साथी भेट्न पाउने कैले?
यस्तो भ’को प्रकृति रिसाएर हो कि?
वाग्मतीमा फोहोर मैला मिसाएर हो कि?
हामी खेल्ने पृथ्वीमा हावा राम्रो छैन
जताततै फोहोर फाल्ने बानी राम्रो हैन।
फोहोरमा हुन्छ अरे किटाणुको घर
अनि हुन्छ सबैलाई विमारीको डर
बचाउँ अब पृथ्वीलाई सजाउँ हराभरा
रमाइ रमाइ उड्न पाउन आकाशमा चरा।
(सुकृति सारा शर्मा विनायक शान्ति निकेतन माध्यामिक विद्यालयमा कक्षा तीनमा अध्ययनरत छिन्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)