सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सिस्टम भण्डारी हो। म एलआरआई स्कुलमा कक्षा २ मा पढ्छु। हाम्रो अन्तिम परीक्षा २०७६ को चैत ५ गते सकिएपछि घरमै बसेर विभिन्न प्रकारका कार्य गरेर बिताइरहेकी छु। मेरो घरमा दादादिदी पनि भएकाले मलाई समय बिताउन त्यति धेरै गाह्रो भने भएको छैन।
लकडाउन भएकाले हामी घरभित्रै सुरक्षित बसेको छौं। अहिले विश्वभरि नै मान्छेहरू यसरी नै घरभित्र बसिरहेका छन्, कोरोना भाइरसबाट बच्न। मलाई थाहा भएसम्म यो भाइरस एउटा डरलाग्दाे भाइरस हो। हामी सुरक्षित भएर घरमा नै बस्याै भने हामीलाई यसले केही पनि गर्न सक्दैन।
कोरोनाबाट अहिले संसारभरिका मान्छे डराएका छन्। यसले गरिब, धनी, ठूलो, सानो कोही कसैलाई पनि बाँकी नराख्ने रहेछ। यसकाे सबभन्दा राम्रो औषधी भनेको एक्लै बस्ने, साबुनपानीले हात धोइराख्ने, घरभन्दा बाहिर नजाने, स्यानिटाइजर लगाइराख्ने, तातो पानी खाइराख्ने, सफा भएर बस्ने, आदि। यदि हामीले यो भाइरसबाट नडराएर सुरक्षित भई बस्याैं भने केही पनि नहुने रहेछ।
मैले अहिले घरमा बस्दा धेरै चित्रहरू बनाएकी छु। ममीको सहयोगमा घरमा पुराना सामान प्रयोग गरेर ढोकामा झुन्डाउने कुरा पनि बनाएकी छु।
मेरो बाबा र मामु पनि घरैमा हुँदा मलाई समय बिताउन एकदमै सजिलो भएको छ। उहाँहरूले मलाई बेला बेलामा खानेकुराहरू दिँदै नयाँ कुरा गर्न पनि सिकाउनु भएको छ। मलाई खाली स्कुल जान नपाउँदा साथीहरूको धेरै याद आएको छ। अरू कुनै कुरामा भने घरमा बस्दा अप्ठ्यारो भएको छैन।
मैले मामुबाबाबाट धेरै कुरा सिक्ने अवसर पाएकी छु। कहिले कविता लेख्ने, कहिले नाच्ने, कहिले कम्प्युटरमा खेल्ने। सिक्ने अवसर पनि भएको छ।
सबै साथीहरूलाई यस्तै प्रकारका काम गरेर घरमा सुरक्षित भएर बस्ने अनुरोध गर्छु। यो समयमा बनाएकाे चित्रहरूसँगै एउटा छोटो कविता पनि लेखेकी छु। हेरिदिनु ल,
कोरोनाको महामारी फैलियो विश्वभरी
रमाइलोसँग बसौं घरभित्र
खाउँ पिउँ घरमा नै
बेला बेला हात धोउँ
साबुनपानीले मिचेर नै।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)