सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मामाघर
बिदाको बेला मामाघर छिट्टै गएँ
हजुरआमा देखेपछि सार्है दंग भएँ
माइजु सार्है मिहेनेती लहलह धान
मामाले गर्नु भयो सार्है सम्मान
मामाले ढिकीमा चिउरा कुट्नु भयो
नयाँ बर्ष मनाउनलाई सबै जुट्नु भयो
माइजुले दिएको सेल खाईदिए सबै
ओल्लो गाउँ पल्लो गाउँ सारा घुमे जम्मै
आमा
आमा शब्द कति प्यारो
आमा नभए सबैतिर अध्यारो
आफ्नै पेट चिरेर सन्तान जन्माउछौ
आफूँ भोकै बसेर पनि सन्तानलाई खुवाउछौ
जन्मायौ, हुर्कायौ, गर्यौ तिमीले स्याहार
कति रोएँ, कति कराएँ होला मानिनाै तिमीले हार
आमालाई सम्झी जीवन बिताउँछु
आमाको इच्छा संसारलाई देखाउँछु
(श्रीजल नेपाल सेवा सदन स्कुल बत्तिसपुतली, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)