सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम अनुभव सिग्देल हो। म कक्षा १ मा जिनियस आइबी वर्लड विद्यालयमा पढ्छु। महालक्ष्मीस्थानमा बस्छु। मेरो स्थायी घर बर्दिया गुलरियामा हो। मैले परीक्षा सकेर अरू वर्षजस्तो यो बर्ष पनि बर्दिया जाने सोच बनाको थिएँ। तर सफल हुन सकेन।
अहिलेको बिदाको समय आमाबुवासँग खेलेर, किताबहरू पढ्दै बिताइरहेकाे छु। नयाँ नयाँ खेल खेलेर दिनहरू बिताइरहेको छु। सरकारले लगाएको लकडाउनको पालना गरेर हामी सबै घरमै बसेका छाैं। मलाई त अहिले स्कुल जान मन लागिरहेको छ। साथीहरू, गुरूआमाहरू सबैजनालाई सम्झिरहेको छु। साथीहरूसँग प्रविधिको प्रयोग गरेर 'वाट्सएप' बाट कुरा गर्दा एकैछिन रमाइलो हुन्छ।
कोरोनाको कुनै पनि औषधि नभएको हुँदा हामी घरै बस्नुपर्छ। हामी घरबाहिर निस्केनौं भने भाइरस हाम्लाई खोज्दै घर आउँन सक्दैन। त्यसैले घरै बस्नुपर्छ भनेर घरमा मलाई सम्झाइरहनुहुन्छ।
मैले आफ्नो समय तालिका पनि बनाएको छु। कति बजे के गर्ने भन्ने सोही तालिकाअनुसार हुन्छ। मैले आफ्नो क्रियाकलापलाई निरन्तरता दिएको छु। मैले खेल्ने खेलमा मेरो पापे नानि पनि सहभागी हुँदा मलाई थप खेल्ने हौसला प्राप्त हुन्छ।
साबुनपानीले हात बेलाबेला धोइराख्छु। डिजिटल पुस्तकालय 'लेट्स रिड' बाट नयाँ नयाँ कथाको किताबहरू पढ्दै नानीपापे र म बस्छाैं। कथा रमाइलो लाग्छ मलाई। चित्रहरू बनाउँछु।
यो लकडाउन बिदाको सदुपयोग गरेर आफूले गरेको क्रियाकलापहरू आफ्नै दैनिकीबाट सार्वजनिक गर्छु। मेरा सबै कृयाकलापहरू मेरो ब्लगमा राख्छु।
नयाँ वर्षको दिन मैले परिवारको सबै सदस्यलाई फोन गरेर उहाँहरूको मनपर्ने तरकारीको बारेमा पुस्तक पनि तयार पारेको छु। यो महामारीको छिटै अन्त्य होस्। मेरो साथी आफ्न्त सबै सँग भेट गर्न पाइयोस्। घुम्न पाइयोस्। रेस्टुरेन्ट गएर मीठा मीठा परिकार खाने फनपार्क घुम्न जाने मन छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)