सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसका कारण आज संसारभर भयावह अवस्था सिर्जना भएको छ। युरोप, अमेरिका महादेश लगायत एसिया महादेशका धेरैजसो देशहरूमा कोरोनाले गर्दा धेरै मानिसको मृत्यु भएको छ। सुरूमा चीनबाट डिसेम्बर २०१९ मा सुरू भएपछि बिस्तारै संसारभरी यो भाइरस फैलियो।
यसैगरी हाम्रो देशमा पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न निर्यण लियो। सुरूमा अन्तर्राष्ट्रिय उडान बन्द गरेर विदेश वा अन्य मुलुकका व्यक्तिहरूलाई नेपाल आउन बन्द गर्ने निर्णय गरियो। त्यसपछि बिस्तारै देशभित्र पनि लामो वा छोटो दुरीमा चल्ने सार्वजनिक सवारी साधन, राष्ट्रिय उडान लगायत बन्द भयाे। सबै मानिसलाई एकै स्थानमा बस्ने अनुरोध गरियो।
यो भाइरस एक प्रकारको सरूवा रोग भएकाले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा चाडैं सर्छ। त्यसैले नेपाल सरकारले देशभित्र मानिसहरूको भिडभाड कम गर्न तथा समुहमा मानिसको हिँडडुल बन्द गर्न अनुरोध गर्दै नेपालभरिका सबै स्कुल, कलेज तथा सरकारी कार्यालय बन्द गराउने निर्णय गर्याे। यसरी संसारका धेरै देशका मानिसलाई आ-आफ्नाे घरमा बसिराख्नका लागि लकडाउनको घोषणा गरेर सरकारले सबैतिर हिँडडुल बन्द गरेको छ।
लकडाउनको समयमा अति आवश्यक खाद्यान्न सामग्री तथा आवश्यक कामको लागि मात्र सरकारको नियमअनुसार चल्नु पर्ने हुन्छ। यसैगरी आफ्नो परिवारसँग घरभित्र बसेर सरसफाईमा ध्यान दिई सफा खाने तथा पढाइ-लेखाइ र अन्य खेलकुदमा आनन्द लिनुपर्छ। नेपालमा पनि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरी सबैको हिँडडुल बन्द गरेको छ।
यस वर्षको मेरो बार्षिक परीक्षा पनि चैत महिनामै परेको थियो। कोरोना भाइरसका कारण परीक्षा पनि केही दिन अगाडि सारेर चाँडै सक्न सरकारले आदेश दिँदा हामीलाई पढाइमा केही दबाव पक्कै आयो। तै पनि परीक्षा राम्रोसँग दिएको छु। राम्रै अंक ल्याएर पास हुन्छु होला भन्ने आशा छु।
यसरी लकडाउनको समयमा घरमा लामो समयसम्म बस्दा मैले काठमाडौं उपत्यकामा देखिएको कोरोना प्रभाव र स्वच्छ वातावरण बारेमा एउटा लेख तयार पारे। अहिले लकडाउनको समयम काठमाडौं उपत्यकामा धेरै जसो उद्याेग, कलकारखाना आदि बन्द अवस्थामा छन्। लकडाउनका कारण देशभरी अतिआवश्यक गाडीबाहेक अन्य गाडी तथा विमानहरू चलिरहेका छैनन्। यसकारण उपत्यका र देशभरी प्रदूषण कम छ।
देश अहिले सफा भएको छ। फूलहरू ढकमक्क फूलिरहेका छन्। उपत्यकाको वातवरण सफा हुँदै गइरहेको छ। हामी सबै स्वच्छ हावा पाउन सकिरहेका छौ। वातावरणमा सबै कुरा हुन्छन्। हाम्रो लागि वातावरण धेरै महत्वपुर्ण छ। वातावरण स्वच्छ, सफा भएमा हामी पनि स्वच्छ हुन्छौ। यदि वातावरण फोहोर भएमा यसले हाम्रो स्वास्थ्यमा हानी पुर्याउँछ।
हाम्रो वरिपरिको वातावरणमा हामी धेरै प्रक्रारका वस्तुहरू देख्न सक्छौं। विभिन्न चीजका बारेमा जानकारी पाउन सक्छौं। जस्तै, बोटविरूवाहरू, चराचुरूंगी, जीवजन्तु, आदिका माध्यमबाट हामी विभिन्न ज्ञान प्राप्त गर्न सक्छौं। मानिसलाई बुद्धिमानी तथा सर्वश्रेष्ठ प्राणी मानिन्छ। यो कुरा ध्यानमा राख्दै मानिसहरूले विभिन्न कार्य गरेर देखाउन सक्छन्। अहिलेको युगमा हामी मानिस नै आफ्नो वातावरण फोहोर बनाइरहेका छौं। प्रायः व्यक्तिहरू यी कुरालाई वास्ता गर्दैनन्।
हाम्रो देश प्रदूषणका कारण धेरै फोहोर भइसकेको छ। जताततै फोहोर मैला, धूलोधुँवा आदि विभिन्न नराम्रा वस्तु भुइँमा छरिएका देखिन्छन्। हामी वातावरण सफा राख्नुपर्छ भन्ने कुरा मनमा नराखी, वातावरण सफा नगरी झन् फोहोर गरी धर्तिको अपमान गरिरहेका छौं। हाम्रो यही नराम्रो बानीका कारण वातारण फोहोर हुन्छ र विभिन्न रोगको जन्म हुन्छ। यसले हामीलाई नै हानी पुर्याउँछ।
सबै ठाउँमा हामीले बोटविरूवा रोप्नुपर्छ। स्वच्छ वातावरण बनाउन हामीले रूखहरू काट्नु हुँदैन। कलकारखानाबाट धेरै धुँवा निकाल्न निषेध गर्नुपर्छ। यसले वायु प्रदुषण रोक्न मद्दत गर्छ। धेरै बोट-बिरूवा र फूलहरू रोप्नुपर्छ जसले हाम्रो वरिपरीको हावा स्वस्थ र ताजा राख्छ।
वातावरणलाई हामी सबैले माया र प्रेमका साथ सफा राख्नुपर्छ। हामी सबै एकजुट भएर देश र विश्वलाई नै सफा राखौं। सरकारले लगाएको लकडाउनको पालना गरी स्वस्थ वातावरणमा कोरोना भाइरसबाट बचाैं। धन्यवाद।
(दिवस पन्त लिट्टिल एन्जल्स स्कुल हात्तिबन, ललितपुरमा कक्षाा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)