सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चरा गर्छ चिरबिर चिरबिर
बिरालो गर्छ म्याउँ म्याउँ
खाजा खाना लिने बेला
हात धोएर खाऊ।
पाठो गर्छ म्या म्या
पप्पी गर्छ हाउ हाउ
न्यानो भई बस्न पर्छ
चिसो नाना नलाऊ।
कुखुरी गर्छ कुखुरी काँ
गाई गर्छ बाँ बाँ
रोग सर्छ भिडभाड गरे
बाहिर कतै न जा।
चरा गर्छ चिरबिर चिरबिर
बिरालो गर्छ म्याउँ म्याउँ
खाजा खाना खाने बेला
हात धोएर खाऊ।
(फ्लोरिका गोले हाँडीगाउँ, काठमाडाैंमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)