सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आयुष कार्की हो। म भ्याली पब्लिक स्कुल काठमाडाैंमा कक्षा ३ मा पढ्छु। ८ वर्षको भएँ। मेरो चैत्र ३ गते पर्ने जन्मदिन स्कुलको फाइनल परीक्षा चलिरहेकाले मनाउन सकिनँ।
मैले जन्मदिन मनाउन बाबालाई कर गरेपछि उहाँले परीक्षा सकेपछि पाल्पामा मनाउने भन्नुभयाे। त्यहाँ बस्नु हुने बुवाआमालाई भेट्ने र छुट्टी मनाउन १ महिना गाउँ जाने भन्नु भएको थियो।
गत दसैंदेखि नगएको गाउँमा जान पाउने, बुवासँग गोरू चराउने, बाख्रालाई घास दिने, गाउँको घरमा रहेको फार्मको कुखुरा, टर्की र बट्टाई हेर्ने र खेल्ने, छिमेकी साथी किन्ससँग खोलामा घुम्ने, माछा मार्ने, पौडी खेल्ने आशमा निकै खुसी थिएँ। लकडाउनका कारण योजना बनाएअनुसार हुन सकेन।
हाम्रो परीक्षा चैत ८ गते शनिबारसमेत चलाएर ९ गते सकियो। भोलिपल्ट पाल्पा जाने तयारी गर्नमा बित्यो। बाबा अफिसबाट राति ढिला आउनुभयाे।
म खाना खाएर अंकलसँग पाल्पा जाने सपना सजाएर सुतेँ। बिहान उठ्नासाथ ममीले लकडाउन भो अब एक हप्ता जान मिल्दैन भन्नुभयाे। मैले 'लकडाउनमा किन जान हुँदैन?' भनेर सोधेँ।
ममीले गाडी चल्दैन कसरी जाने? भन्नुभो। हामीहरू पनि धेरै मानिसहरूसँग भेटघाट गर्नु हुँदैन, घरमै बस्नुपर्छ ,कहीँ जान मिल्दैन भनेर भन्नुभो।
म झन् निराश बनेँ। दिदी आयुषालाई ममीले मलाई भन्नुभएको कुरा सबै सुनाएँ। दिदी पनौती मामा घर जान नपाउने कुराले म जस्तै निराश हुनुहुन्थ्याे।
लकडान भएको पनि एक महिना भइसक्यो।
ममीले भनेजस्तो एक हप्ताको लागि मात्र भएन। गत सातादेखि म हामी नजिकै बस्नु हुने अंकल आन्टीकहाँ बसेको छु। त्यहाँ भाइ इभान र सानी बहिनी अंशु छिन्।
म साना भाइबहिनीसँग दिनभरजसो खेल्छु। आन्टीलाई सब्जी धुन सघाउँछु। अंकलसँग कहिलेकाहीँ गाई फार्ममा सब्जी र दुध लिन जान्छु। मलाई हिजो अन्टीले अम्लेट बनाउन पनि सिकाइ दिनुभयाे। म अब ममी घरमा नहुँदा भोक लागे आफैं अम्लेट बनाएर खान सक्छु।
बुवाआमासँग जान नपाए पनि भाइबहिनीसँग खेल्न पाउदा निकै खुसी छु। अम्लेट बनाउन सिकाइदिने सजना अन्टीलाई धेरै धेरै धन्यवाद।
(आयुष कार्की भ्याली पब्लिक स्कुल, काठमाडाैंमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)