सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आमा हजुरले दिनुभयाे जन्म हामीलाई
बाबा हजुरले देखाउनुभयो संसार हामीलाई
छ गर्व छोराछोरी तपाईंको हुनुमा हामीलाई
यो कविता सम्मान स्वरूप प्यारा आमाबाबालाई
सन्तानलाई सधैं मीठो खुवाउने खोजीखोजी
हजुरहरूले बिना सर्त खाने जस्तो भए पनि नरोजी
सधैंसधैं बगाउने पसिना न घाम न पानी भनी
मिहेनती सधैं हुने हजुरहरूको कति राम्रो बानी
सन्तानहरू सधै खुसी रहून भनी
हुन दिनु भएन हामीलाई केहीमा पनि कमी
नभनिकन सबै किनिदिने आमा मेरी
गनीगनी पैसा दिनुहुन्छ बाबा हेरीहेरी
हाम्रै खातिर न रात न दिन भनी
पूरै उमेर समर्पित गर्नुभयो दुःख नमानी
जिउँदा देवता सरी हजुरहरू हाम्रा लागि
ज्ञानी र असल हुनेछौं हामी सधैं हजुरहरूका अघि
(विपिन श्रेष्ठ अपि स्कुल, धापासीमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)