सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो सानो बाबु भन्दै आफ्नै काखमा राखी
खेलाउनु हुन्थ्यो रे सधैं मलाई भन्दै मेरो साथी
तपाईंकै काखमा सुसु गर्थेँ, आची पनि अरे
घिन नमानी सफा गर्ने सुन्दा छक्क परेँ।
राती रूँदा उठ्नुहुन्थ्यो रे आफ्नो निद्रा तोडी
हजुरको यो गुण सम्झिनेछु सधैंभरी
कपडा धुने, नुहाइदिने, झोला मिलाइदिने
बिरामी पर्दा रूँदै रूँदै काखमा खेलाई बस्ने।
आफ्नो खुसी सबै बिर्सी मेरै ख्याल गर्ने
कहीँकतै मीठो पाक्दा मलाई सम्झिराख्ने
ठूलो मान्छे बन्नुपर्छ भन्दै अर्ति दिने
मेरी आमा धन्य तपाईं सारै माया गर्ने।
हजुरको माया मैले कहीले बिर्सिने छैन
हजुरलाई नख्वाई कुनै दिन केही खाने छैन
अर्को जुनी पाएँ भने हजुरकै कोख पाऊँ
ढोग गरे मेरी आमा आशीर्वाद पाऊँ।
(प्रज्वल पान्डेय नेपाल मेगा स्कुल अनामनगर, काठमाडाैंमा कक्षा ३ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)