सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
के कमजोर नागरिकले न्याय पाउलान्? के महिलाहरूले सुरक्षा पाउछन्? जुन देशमा नारीलाई दुर्वयवहार गरेर किनारमा फालिन्छ, त्यस्तो देश विकसित होला?
के हाम्रो देश पनि अमेरिका जस्तो विकसित होला? के सबै नेपालीले दिनको दुई छाक टार्न धौधौ नपर्ने दिन आउला? के नेपाली युवाले खाडी नगई नेपालमै आफ्नो सीप प्रयोग गरेर लाखौं कमाउलान्?
यो अधिकांश नेपालीको मनमा आउने प्रश्न हो। यसको उत्तर अनुमान लगाउन नसके पनि हामीले आशा भने पक्कै गर्न सक्छौं।
म कक्षा ९ मा अध्ययनरत छु। राजनीतिमा खासै चासो नराखे पनि देशमा विकास बाधकको रूपमा रहेको भ्रष्टाचार, राजनीतिक अस्थिरतादेखि रिस उठ्छ। हामी नेपालीको बानी सरकारलाई होच्याउने मात्र छ। हामी सरकारले राम्रै काम गरे पनि त्यसलाई आलोचना गर्छौं।
सरकारले आफ्नै देशमा सहज हने कुरामा पनि ध्यान पर्याउन सकेको छैन। हाम्रै नेपालका किसानले पनि आनन्दसँग जीवन बिताउन सक्ने दिन पक्कै आउँथ्यो यदि सरकारले कृषिलाई अझ प्राथमिकता दिएको भए।
लाखौं युवा खाडीमा गएर कृषिको काम गर्छन्, जुन परिश्रम नेपालमै लगाउन सकिन्थ्यो। सरकारले कृषि सम्बन्धी तालिम र उन्नत बिउविजनका साथै आधुनिक कृषि औजारको व्यवस्थापन गर्न सकेको खण्डमा त्यो सम्भव छ। हामी चीनबाट ल्याएको स्याउ खान्छौं जब कि नेपालमै फलेका स्याउ कुहिएर गएका छन्।
नेपालमा मौलाइरहेको भ्रष्टचारलाई मात्रै पनि रोक्न सके हामी निकै अगाडि बढ्न सक्छौं। अहिलेको परिस्थितिमा पनि चलिरहेको भ्रष्टाचारका घटनाले आक्रान्त बनेका छाैं। नेपालको विकासका लागि सम्पूर्ण राजनीतिक पार्टी आर्थिक उन्नतिका लागि एकजुट हुनुपर्ने देखिन्छ। नेताहरूमा नेपालको माया हुनुपर्ने खाँचो छ। कुर्सी मोहबाट बाहिर आउनुपर्ने देखिन्छ।
हामी जनताले पनि सरकारका सकारात्मक कार्यहरूमा सहयोग गर्नुपर्छ। नकारात्मक कार्यको खुलेरै विरोध गर्ने बानीको विकास गर्नुपर्छ। राज्यका सम्पूर्ण नेपालीले आफैं पनि आत्मनिर्भरताको लागि प्रयत्न गर्नुपर्छ। स्वदेशी भूमिमै पसिना सिँचाई गर्नुपर्छ।
(अविशा ढुङ्गेल एलआरआई स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)