सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सफा आकाश देखेर
निकै खुसी लाग्यो
क्षणभरमै बादलले
अन्धकार भई ढाक्यो।
नयाँ कक्षा जाने रहर
सपना भई बिलायो
साथीसँग खेलेको दिनले
एकान्तमा रूवायो।
भोलि या त पर्सि
निश्चित भेट हुनेनै छ
यस्तो संकटलाई
सबैले अवश्य जित्ने नै छ।
दुःख पछि सुख आउँछ
एकैछिन धैर्य गरौं
सबैलाई शुभकामना
सँगै जिउन बल गरौं।
(मार्क राई दीपमाला स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)