सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
हटेका छैन ती कोरोनाका पाइलाहरू
बरू अझै संघर्ष गर्दै चढ्दैछन् विश्वका उकाली डाँडाहरू
खै किन त्यसको नाम सुन्नासाथ मनमा त्रास बढ्दैछ
यहाँ मानिसहरू एकअर्का बीच टाढिँदैछन्।
चार महिना बितिसक्दा पनि हटेनन् कोरोनाका जीवाणुहरू
कसरी मेटाउने हो अब यसका कीटाणुहरू
चीनको वुहान प्रान्तबाट सुरू यसलाई कसरी नियन्त्रण गर्ने?
नियन्त्रण गर्न नसके निश्चित छ यसले विश्वको नक्सा फेर्ने।
आफ्नै नातेदारहरूसँग यसले बनाइदियो पराई अनि
सकेनन् नेपाली जनताहरू लकडाउनमा बस्न यति पनि
गीत गुनगुनाउँदैमा यसको नियन्त्रण हुँदैन
यसको संक्रमणले गर्दा मानिसहरू नि मर्दैछन्।
अबको केही महिनापछि यसको भ्याक्सिन पनि पत्ता लगाउने रे
त्यसपछि भ्याक्सिन विश्वभरि बाँड्ने रे
धेरै देशमा कोरोना विरूद्ध भ्याक्सिन बन्दैछ
हाम्रो देशमा भने यसको बारेमा मजाक चल्दैछ।
घरमा बस्दा बस्दै आज कुन बार हो नि बिर्सिएछ
कोरोनाको नाम सुन्नासाथ सबै नेपाली जनताको मन भयले तर्सिएछ
लकडाउनको समयमा हामी सबै आ-आफ्नै घरमा बसौं
सकेसम्म सबै मिलि वातावरणलाई स्वच्छ सफा बनाऔं।
दिन र रात कति चाँडो छ बितेको
आज, भोलि, पर्सि कति दिन भो सवारी साधन नचलेको
टिकटक फेसबुकमा कोरोनाको बारेमा मजाक चल्दैछ
फेरि पनि किन सबकाे मनमा त्रास भने बढ्दैछ
छैन चलेको यहाँ बस, ट्रक र कार
औषधी लिन जाँदा पनि भयो है नेपालमा करोडौंको भ्रष्टाचार
खाएका छन मिठा मिठा र भएका छन् मोटा मोटा
भ्रष्टाचारीका पेट भएका छन् ठूला ठूला।
(निसान परियार श्री जानकी मा.वि लालवन्दी सर्लाहीमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)