सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
उकाली, ओराली र खुड्किलाहरूले भरिएको यो जीवन जिउन त सबैले सक्लान्। तर सार्थक बनाउन लाखौंमा केहीले मात्र सक्छन्।
विश्वमा कुनै यस्तो मानिस छैन जसलाई कुनै समस्या छैन। कुनै यस्तो समस्या पनि हुँदैन जसको समाधान नहोस्। यिनै समस्यामा लुकेर हैन उठेर सफलता हासिल गरेकी एक महिला हुन् मलाला युसुफजई।
पाकिस्तानको स्वात जिल्लाको खैबर पख्तुनख्वाह प्रान्तमा सन् १९९७ जुलाई १२ मा जन्मिएकी उनी एक महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। त्यस समय पाकिस्तानमा तालिवान शासनको अत्याचारको विरोध गर्दै नारीहरूको नेतृत्व गरेकी मलालाले १३ वर्षकै उमेरदेखि सबै माझ जागरूकता फैलाउन सुरू गरेकी थिइन्।
उनी ११ वर्षसम्म विद्यालयमा ज्ञान आर्जन गर्न पाए पनि त्यसपछि भने तालिवानको शासनका कारण उनलाई विद्यालय जान रोक लगाइयो। त्यसपछि उनफे सबैसामु आफ्नो आवाज उठाउन थालिन्।
पाकिस्तानको आदिवासी परिवारकी युसुफजाईलाई यही कारणले सन् २०१२ मा विद्यालयबाट घर फर्कँदा टाउकोमा गोली हानी हत्या गर्ने कोशिस गरेका थिए। तालिवानीको यो प्रयास पछि पनि उनी बाँच्न सफल भएन्। यस घटनापछि १० दिन अस्पतालमा बसेर नयाँ जीवन पाएकी मलालाले आफू स्वस्थ भएपछि पुनः बालबालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाइरहेकी छिन्।
जनचेतना र महिला शिक्षाको कमी भएको समाजमा सबैका लागि एक्लो आवाज उठाएकी मलाला अन्तराष्ट्रिय स्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनद्वारा बालशान्ति पुरस्कारको विजेता भइन्।
साथै, उनी सन् २०१४ को नोबेल पुरस्कारद्वारा पनि पुरस्कृत भइन्। आफ्नो प्रेरणा बुवाको साथले उनले मलाला कोष स्थापना गरिन् जसबाट हरेक नारीलाई आफ्नो भविष्य सुधार्ने अवसर प्रदान गरिन्।
यसरी म लगायत करोडौं मानिसको प्रेरणाको श्रोत बनेकी छन्, मलाला।
मलाई भविष्यमा ठूलो मानिसभन्दा एक असल र सफल मानिस बन्नु छ। जसरी मलालाले नारी स्वतन्त्रता र बालिका शिक्षाका लागि त्याग र संघर्ष गरिन्, त्यसैगरी मलाई पनि नेपाली समाजमा पिछडिएका बालबालिका तथा महिलाहरूको भविष्यका लागि केही अनुकरणीय र उदाहरणीय कार्य गर्ने मन छ।
(नीति पछाई बुढानीलकण्ठ स्कुल नारायणस्थान, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)