सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोना आयो चाइनाबाट
युरोपतिर गयो
जताजता घुमे पनि
हामीलाई डर भयो।
नेपालमा अलिअलि
देखिएको छ नि
योभन्दा बढ्न नदिऊँ
रोकौं हामी पनि।
सयभन्दा धेरै देशमा
टेकी पनि सक्यो
लाखौं मान्छे मरिसके
दुःखै दुःख भयो।
रोग लाग्न नदिऊँ हामी
सरसफाई गरौं
कसैसँग नजिक नगई
अलि पर सरौं।
बाहिर जाँदा मास्क लगाई
हिँड्ने बानी गरौं
कोरोनालाई भगाइ हामी
खुसी भएर बसौं।
स्कुल बिदा भए पनि
घर बसी पढौं
अल्छी बन्नु हुन्न हामी
कहिलेकाहीँ खेलौं।
(सोनुश्री पौडेल, सिर्जनशील स्कुल, बबरमहल कक्षा १ मा अध्ययनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)