सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
२०७७ साल वैशाखको महिना
कोरोनाले मार्ने हो कि केही टुंगाे छैन
खडेरीले सुकिसके धारा अनि कुवा
घरभित्रै बस छोरी भन्नुहुन्छ बुवा
जता गयो त्यतै पाउँछु कोरोनाको गन्ध
स्कुल कहिले जाउँ भा'थ्यो देशै भइदियो बन्द
लाग्थ्यो कोरोना डराउँछ सुनी नेपालीको नाम
तर लापरबाहीले फैलियो भाइरस हे प्रभु अब कता जाम
कति घर बस्नु मलाई लागिसक्यो अमन
स्वास्थ्यकर्मीलाई हाेइन कोरोनालाई गर्नुपर्छ दमन
सरकारको प्रयासलाई प्रोत्साहन गर्नुपर्छ सबैले
लकडाउनको बेला घरबाहिर निस्कन्न हुन्न कसैले
हामी घर बसे कोरोनाले छुँदैन
अहिलेदेखि सतर्क बनौं पछि रोएर हुँदैन
अत्यावश्यक काम बिना घर बाहिर गइँदैन
सञ्जालमा त सहयोग फालाफाल
मरेपछी कोही मलामी पनि आउँदैनन
मलाई त ठीक छ हजुरलाई कस्तो छ?
होस गरौं है कोरोना त झन् फैलिन्छ जस्तो छ
कोरोनाबाट बच्न सम्यमता अपनाऔं
सामाजिक दुरी कायम गरौं भिड्भाडमा नजाऔं
कोरोनाको अन्धकारलाई अवश्य चिर्नेछौं तिम्रो हाम्रो प्रयासमा
यो चाडैं संसारबाटै हट्नेछ बाँच्दैछु आसैआसमा
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)