सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
तन नपुगे पनि मनबाट घुमिरहेछु ठाउँ म
जान नपाए पनि नियालिरहेछु गाउँ म
वार्षिक बिदामा पनि झोंक्राउन बाध्य छु म
मनभरी सपना सजाउँदै बसिरहेछु म।
लाखौं मृत्यु हुँदा पनि म केही गर्न सकिरहेको छैन
बस कामना गरिरहेछु भगवान
न त सकिरहेछु रम्न
सकिरहेको छैन देखावटी हाँसो पनि हाँस्न।
ठुलो विपत्ति आइपरे पनि साहस भने म छोड्ने छैन
श्वास फेर्न नबिर्सेसम्म पनि छोड्ने छैन आस गर्न
एकचोटी मिल्ने जीवन यो हाँसेर जिउनु छ मलाई
सदैवको लागि छोडेर गए पनि सबैको सम्बन्ध साँचेर मर्नु छ मलाई।
जहाँ छौं सबै त्यहीँ खुसी रहौं
अमूल्य जीवन पाउन यो लकडाउन सहौं
सबै नीति नियमको पालना गरौं
असल र इमानदारी नागरिक बनौं।।
(आँचल अधिकारी लिभरपुल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)