सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
स्कुल पठाउँ हे आमा
बेला हो सिक्ने ज्ञान
कलम कापी च्यापेर
साथीसँग हाँसेर
बेला हो सिक्ने ज्ञान।
समय मै पढौं साथी हो
भोलि पुग्नु छ माथि हो
मिहेनत गरौं पढ्न गुन्नलाई
छैन गाह्रो असल बन्नलाई
बेला हो सिक्ने ज्ञान।
नयाँ नयाँ कुरा सिक्दै
झोलाबाट किताब झिक्दै
कक्षाकार्य, गृहकार्य गर्छौं
शिक्षकको सल्लाह मान्छौं
बेला हो सिक्ने ज्ञान।
आपस आपस मिलेर
टिफिनको खाजा लिएर
चौरमा दौडँदै
साथीसँग रमाउँदै
बेला हो सिक्ने ज्ञान।
(सज्जित सुनगाभा शिक्षा निकेतन चौघडा, मकवानपुरमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com