सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस देखियो एकमा, फैलियो धेरैमा
यो भाइरसका कारण संसार नै पर्यो पिरैमा
यो भाइरसले गर्दैछ जनसंख्या असन्तुलित
लकडाउनमा बसौं हामी नभई विचलित
तातो पानी पिऊँ, साबुनपानीले हात धोईधोई
यही एक उपाय छ बसौं हामी कसैलाई नछोई
एकअर्कालाई मद्दत गरौं मन रहन्छ आनन्दित
घरभित्रै बसौं अनि हुन्छ भविष्य सुनिश्चित।
यो भाइरसबाट संक्रमित नहुन रहनु पर्छ स्वच्छ
यसलाई जसरी भए पनि रोक्न लिनुपर्छ लक्ष्य
याे भाइरस लागेपछि आउँछ उच्च ज्वरो
यस विरूद्ध लडौं हामी वीर नेपालीका छोरीछोरो।
(आर्यन साह नेपाल डनबस्को विद्यालय, सिद्धिपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com