सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गजलः
कोरोना भाइरसबाट हामी सबै मानव बच्नुपर्छ
जसका लागि हामी आ-आफ्ना घरमा बस्नुपर्छ
तिमी मानेनौ भने तिमी पनि जान्छौ, हामीलाई पनि लान्छौ
यस महामारीको लडाइँमा हामी सबै जुट्नुपर्छ
बाँच्न पाउने अधिकार तिम्रो पनि हाम्रो पनि हो
भनेको नमान्नेहरूलाई हामी पुलिस बोलाएर चुट्नुपर्छ
दुःखमा मिठो खान पाएनौं भने, चिन्ता नगर
कहिले गुन्द्रुक ढिँडो त कहिले मकै भुट्नुपर्छ
धेरै दुःख पछि एक दिन सुखको दिन पनि आउँछ रे, बुझिराख
एक दिन नयाँ बिहानी लिएर हामी सबै भेट्नुपर्छ
(संयोजन भगवती माध्यमिक विद्यालय, सिन्धुलीमा कक्षा ५ मा अध्ययनरत छन् ।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com