सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आउँछ आँधी आउँछ हुरी ज्ञानको बाटोमा
जीवन सृष्टि हुन्छ नि साथी कलिलो माटोमा
आउँला औंसी नसरेर पछि बढ्नेछु अगाडि
संसारसामु नझुकी हिँडू यो शिर उचाली
पाइला मेरो नरोकूँ कहिल्यै म ठेस लागे नि
आँधी र हुरी पहिरो बाढी जेसुकै आए नि
प्रगति मार्गमा साथ दिन म आफैं नभए
सफल मान्छे हुँला म कहाँ आफैंलाई नबुझे
शिखर छुने रहर मेरो म पछि हट्दिनँ
जेसुकै आओस् बिघ्न र बाधा म हार मान्दिनँ
बुवा र आमा गुरूको प्यारो आशिर्वाद शिरमा
बुलन्द साहस बोकेर हिँड्छु जुनसुकै मोडमा।
(समृद्धि पौडेल, एशियन पब्लिक स्कुल, अनामनगर, काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com