सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस फैलिएर बन्यो विश्वव्यापी
महामारी बनि आयो संकट सर्वव्यापी
गाउँ सहर सबैतिर कोरोनाको डर
सचेत बनौं भिडभाडबाट हुनुपर्छ पर।
ज्ञान बाढाैं ठूलो-सानो सबै मान्छेलाई
हात धोई नष्ट गरौं कोरोना भाइरसलाई
कोरोनालाई जित्न बुद्धि लगाऔं संसारबाट
धुम्रपान र मद्यपान छोडौं आजैबाट।
बाहिर जान नपाइने लकडाउन नाम
घरभित्र खेल्ने खाने गर्छु सबै काम
विद्यालय खुल्या छैन घरमा बसौं साथी
सबै मिली लडाइँ जितौं भाइरस माथि।
अनलाइन कक्षा पढ्छु कम्प्युटर खोली
गृहकार्य पूरा गर्छु सफ्टवेयर जोडी
विज्ञान, गणित, सामाजिक सबै पालैपालो
विद्यार्थी र शिक्षकहरू गरौं हातेमालो।
(प्रतिक सुनुवार लिटिल एन्जल स्कुल हात्तीवन, ललितपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)