सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता
तिम्राे याद आउँछ साथी
तिमी कति जाती
तिमीसँग मिलीजुली
गाउन मन छ ताराबाजी
गुरूआमासँग पढ्न
तिमीसँग हिँड्न
मन लाग्छ साथी
तिमी कति जाती
हेर साथी लकडाउन भयो
तिम्रो याद धेरै नै आयो
साबुनपानीले हात धोउ
कोरोना सर्छ बाहिर नजाउ
घरभित्रै बस साथी
टिभी, कार्टुन हेरेर
घरी पढी घरी खेलेर
आमाले पकाएको मिठो खाजा खाएर
बाबासँग मिलेर गीत गाएर..
(आमुल अधिकारी लिभरपुल माध्यमिक विद्यालय शंखमुल, काठमाडौंमा कक्षा १ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)