सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
आजका हामी बालक देशका हामी सेवक
लगनशील भई पढ्नेछौं हामी हौं देशका रक्षक
मिलेर हामी पढ्नु छ, जुटेर अघि बढ्नु छ
जननी नेपाल भूमीको मुहार हँसिलो पार्नु छ।
कोपिला हामी अहिले फूल भई भोलि फुल्नेछौं
शान्तिको ज्योति लिएर मेची र काली डुल्नेछौं
आज त हामी बालक भोलि यो देशमा चम्कन्छौं
कुमार्गलाई छाडेर सुमार्गतिर लम्कन्छौं।
रोग, भोक र अशिक्षा मिलेर हामी हटाउला
संस्कृति हाम्रो पुरानो सबैले रक्षा गरौंला
आजका हामी बालक देशका हामी सेवक
लगनशील भई पढ्ने छौं हामी हौं देशका रक्षक।
(सन्जोक दाहाल श्री बुद्ध आदर्श मा.वि बुद्धशान्ती, झापामा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)