सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता
संसार सखाप पार्ने कस्तो प्रकृतिको खेल
यता डेङ्गु उता कोरोना रोगैरोगको मेल
उधोग सबै बन्द भए पानी जहाज, रेल
एकैपल्ट आउदो रैछ दुःखको यो भेल
उति बेला सबैभन्दा ठूलो लाग्यो धन
दशा लागेरै विदेश आएछु भन्दो रहेछ मन
खै कसैको मुहारमा छैन अहिले हाँसो
आफ्नै ज्यानको बाजी राखी भयो आइपासो
छोराछोरी धन कमाउन बल्ल विदेश पसेका
छैनन् है बुढा बाबाआमा ढुक्कले बसेका
व्यापार गर्छु भनी काेहीले लिएका रे ऋण
कठै बरा! त्यही गरिबलाई लागेको रहेछ दीन
सुन्दर भविष्यको कल्पनामा दिनरात जुटिए
राम्रो नतिजा ल्याउने तिम्रा रहर मात्रै लुटिए
अनलाइन कक्षा सुरू गर्ने सुझावहरू आएका छन्
दुर्गम भेगका विधार्थी झन् अलपत्र भाका छन्
नौलो मानिस देख्दा पनि लाग्दो रहेछ डर
आफ्नाबाट बेग्लै बस्न कसलाई होला रहर
कत्तिका त बाबाआमाले संसार छाडी गए
हाँसी खुसी दिन बिताउने रहर मात्रै भए...
(अपेक्षा शर्मा बालमन्दिर मा.वि, मोदि पर्बत पोखरामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)