सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
एकादेशमा एउटा केटो बस्थ्यो। उसकाे नाम मिलन थियो। ऊ दस वर्षको थियो। सौतेनी आमा र बासँग बस्थ्यो। सानो भाइ पनि थियो। आमाले सानो भाइलाई धेरै माया गर्थिन्। ऊ सानो छँदा आमा बितेकी थिइन्। गरिब थिए उनीहरू। बाबु अरूको खेतमा काम गर्थे। स्कुल के हो थाहा थिएन मिलनलाई। भोक मात्र थाहा थियो। आमाले खाना त दिन्थिन्, पेट भरिन्थेन कहिल्यै। माग्यो भने गाली थपिदिन्थिन्।
एक दिन धेरै भोक लागेको थियो। चुलो छेउ रोटी भेट्यो अनि छिटो छिटो खायो। आमाले थाहा पाएर बेस्सरी कुटिन्। ऊ चिच्याएर रून थाल्यो। बा घरमा थिएनन्। त्यही मौकामा उसलाई घरबाट निकालिदिइन्। घर जङ्गलको बीचमा थियो। नजिकै खोला थियो। जाने कही ठाउँ थिएन। उसकाे आफ्नो कोही थिएन।
उ जङ्गलतिर हिँड्यो रूँदै रूँदै। चरा, बाँदर हेर्दै हिँड्यो। सुनसान जंगलमा डर लागेन उसलाई। साहसी र निडर थियो। रङ्गिचङ्गी फूलहरूसँग खेल्दै रमाउँदै हिँडी रह्यो। भोक लाग्यो बेस्सरी। जंगली फलफूल खोजेर खायो टन्न। बाँकी गोजिमा राख्यो अनि हिँडी रह्यो।
निकै टाढा पुगेपछि एकजना बूढो बाजे भेट्यो। उनी भोकले कराउँदै थिए। उसले गोजीको फलफूल निकालेर दियो। बुढाले खुसी हुँदै खाए। फेरि हिँड्यो। अलि अगाडि पुगेपछि एकजना मान्छे चिसोले कठ्यांग्रिएको भेट्यो। आफ्नो ज्याकेट खोलेर दियो। रात पर्न थालेको थियाे। त्यही बस्ने विचार गर्यो। कहाँ सुत्ने भन्ने व्यवस्था गर्न पराल र लठ्ठी खोजेर ल्यायो। सानो छाप्रो बनायो। त्यो रात त्यही सुत्यो।
बिहानै उठेर फेरि हिँड्यो। अलि अगाडि पुगेपछि ठूलो पहाड रहेछ। ऊ जान सकेन। फेरि फर्कियो त्यही। ठूलो हावा चलेको थियो। आउँदा छाप्रो उडाएर कहाँ पुराएछ। ऊ फेरि हिँड्यो पराल र दाउरा खोज्न। केही घण्टामा फर्कियो। ऊ फर्किदा छाप्रो बनिसकेको थियो। अचम्म परेर हेरिरह्यो। त्यो छाप्रो बनाउने उसले मद्दत गरेका तिनै दुई जना मान्छे थिए। ऊ खुसीले उफ्रँदै नाच्न थाल्छ।
आफू भलो त, जगत भलो।
(एब्सिसा के.सी भट्टराई विद्या संस्कार स्कुलमा कक्षा पाँचमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)