सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
आमा करूणाको खानी हुन् स्रष्टाको संसारमा
हाम्रो जिन्दगी बन्छ आमाले खुवाएको गाँसगाँसमा
आमाकै कारण हामीले यो धर्ती देख्न पायौं
उनकै कारण हामीले तोतेबोली पनि सिक्यौं
बालकको पहिलो पाठशाला भनिन्छ नि घर
आमाले नै हो बालकलाई सिकाउने संस्कार
हामी रून्छौंकी भनी सधैं हाम्राे साथमा बस्नुहुन्छ
आमाले नै हामीलाई असल काम सिकाउनु हुन्छ
भनिन्छ नि पोले पनि घामै जाति पिटे पनि आमै जाती
त्यही आमाको पिटाइले नै हामीलाई बनाँउदो रहेछ नि मोती
हामीलाई आमाले सके जति खुसी पार्नुहुन्छ
त्यसैले हामीले आमाको मर्म बुझ्नुपर्छ
जति दुःख परे पनि आमाले सधैं माया गर्नुहुन्छ
हामीले पनि आमाको इच्छालाई बुझ्नुपर्छ
पैसा भएपछि पाइन्छ जे पनि किन्नलाई
तर पाइँदैन जन्म दिने आमा किन्नलाई।
(अनुस्का बगाले ज्ञानकुञ्ज मा.वि, रविभवनमा कक्षा ६ (ख) मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)