सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
आफ्नै मान्छे पराई जस्तो
हजुरबाले भन्नु हुन्छ मलाई
खै के भयो? संसारलाई
कस्तो रोग अनिकाल आयो
आफ्नै घरभित्र आफैं
बन्दाबन्दी भएझैं लायो।
उहिले त हाम्ले सुनेको मात्रै
औलो आथ्यो बिफर आथ्यो
तर यस्तो संकट कहिल्यै जानिन
रोग निको हुने दबाइ पाथ्यो।
नजानु भन्छन् भिडमा पर
नखानु भन्छन् नधोइ हात
आफ्नै मान्छे पराइ जस्तो
नछुनु भन्छन् परदेशीलाई।
ब्रह्माण्डैभरि किन यस्तो विपत
अटेरी भए पर्छ रे झन् आपत
होसियार हुनु ज्ञानी बाबुनानी
हुन्न रे केही भए सावधानी।
एउटै यसकाे ओखती गाढा
एक्लै बस्नुपर्ने रहेछ टाढा
नखाए झोल पानी धेरै अहिले
कमजोर हाम्लाई बनाउँछ रे पहिले।
सुनेर राम्रा असल कुरा सोच्नु
झुटो असत्य वाणी नबोल्नु
अरूलाई पीडा बनाउँछ यस्ले
पश्चताप गरेर कुनै फाइदा हुन्न।
(आयुश्री घिमिरे युरो स्कुल, हात्तिगौंडा, बुढानिलकण्ठमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)