सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले आएको छ एक भयानक रोग
विश्व महामारी बनी पार्दै दुनियाँमा शोक
यो रोग त मानिसबाट मानिसमा सर्छ
त्यसैले त हामी सबै सचेत हुनुपर्छ।
फैलिन नदिनलाई गरियो लकडाउन
गरिबलाई गाह्रो भयो हेर्नु खान लाउन
मास्क लगाउनुपर्छ हामी जहाँ जाँदा पनि
जोगिन र जोगाउन सक्छौं बल्ल अनि।
साबुनपानीले हात धुने बानी गरे राम्रो
स्यानिटाइजर प्रयोग गर्दा जोगिन्छ ज्यान हाम्रो
अहिले स्कुल कलेजहरू भएका छन् बन्द
ख्याल गरौं है यो समयमा अघि पछि भन्दा।
बन्द भएका छन् सबै गाडी अनि उडान
विदेशमा भएकाहरू स्वदेश आउन मिलेन
कहिले मिल्ला हामीलाई कोरोनाको मुक्ति
सोच्दै होलान् वैज्ञानिकले हटाउने जुक्ति।
(रूविआ पराजुली बुढानिलकण्ठ स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)