सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
यो धर्तीमा जन्म लिएँ आमाको काखमा हुर्किएँ
दुःख गरिन् मेरी आमाले मलाई जन्माउँदा
धेरै दुःख गरिन् आमाले तर आमाको आपत
कसैले बुझेन् कसैले देखेन, सुनेन।
आमाबाबा भन्दा ठूलो यो संसारमा कोही छैन
आमाबाबा बिना कोही पनि जन्मिँदैन
यो धर्तीमा जेठ चार गते जन्म लिएँ
मलाई माया लाग्छ मेरो आमा बाबाको।
आमा भनेको माता हो बाबा भनेको पिता हो
उहाँलाई खुसी पार्नु मेरो आफ्नै जीत हो
आमा र बाबालाई भगवान पनि भनिन्छ
हामीले आमाबाबाले भनेको मान्नु पर्छ।
उहाँहरूले भनेको सिकाएको कुरा ठीक हुन्छ
मेरो गुरूआमाले हामीलाई सधैं भन्नु हुन्थ्यो
प्रहरी र स्वास्थ्य संस्थामा काम गर्ने मान्छे अहिले
हाम्रो भगवान जस्तै हो बाबाआमा भन्नु हुन्थ्यो।
(सार्थक पौडेल सौरदीप बोर्डिङ स्कुल बनस्थली, काठमाडाैंमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)