सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हे भगवान! संसारमा कस्तो भाइरस आयो
धर्तीमा टेक्ने बित्तिकै त्रास फैलायो
नाम यसको कोरोना, रोक्यो यसले विकास
जताततै फैल्यायो त्रास र विनास।
रङ, रूप, वर्ग, जात केही भन्दैन गर्छ आक्रमण
संसार नै आतंकित बढ्दाे छ यसको संक्रमण
बन्न सकेको छैन कुनै औषधी न त कुनै खोप
हरेक क्षण पुर्याइरहेको छ यसले मानिसलाई चोट।
स्कुल जाने मन त छ, नयाँनयाँ कुरा सिक्न
तर स्कुल त के छैन संसार नै सकेको टिक्न
हे भगवान! यसरी हामी कसरी अघि बढ्ने
कोरोनाको त्रासबाट कहिले बाहिर आउने।
कलकारखाना सबै बन्द, बन्द छ व्यवसाय र व्यापार
गरिब, दीनदुःखी र असहायलाई छैन कुनै आहार
विज्ञ समूह गठन गरौं बाँडौ सबैलाई राहत
यो विपत र महामारीमा बढौ सबै एकसाथ।
चीन, कोरिया र अमेरिकाले ल्याए नमूना खोप
तर पनि देखिएन अझै यसको परिणाम
महामारी र भोकमरी झनै उँभोगति
संसारकै अर्थतन्त्र लाग्यो अधोगति।
कोरोनाको महामारीमा एउटै छ है हल
बन्दाबन्दीको पालना र सहनशीलताको पल
सफा बसौं, हात धोऔं राखौं सामाजिक दुरी
घर मै बसी बुद्धिमानीको दिऊँ है उदाहरण।
(श्रीयन्स श्रेष्ठ मिल्सबेरी स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)