सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
वुहानबाट आयौ तिमी संसारलाई तर्सायौ
थुनिएका पशुपन्छीको पीडा हामीलाई बुझायौ
मुकुटजस्तो रूप तिम्रो सुक्ष्म तिम्रो आकार
शक्तिशाली राष्ट्र तिम्रो अघि भए लाचार।
थुनिदियौ सबैलाई आ-आफ्नै घरमा
सबैजना बसेका छन् तिम्रै डरमा
न त छ खोप तिमी विरुद्ध लड्नलाई
न त बाटो छोडिदिएका छौ अघि बढ्नलाई।
धकेली दियौ निकै पछाडि सारा अर्थतन्त्र
तिमीबाट बच्न कसैको चलेन केही मन्त्र
पारिदियौं निर्धो बलियो सबैको बिजोग
हैन कति डरलाग्दो हौ तिमी कोरोना रोग।
सुक्ष्म रूप भए पनि रहेछ ज्यानै लिने दम
संक्रमित नहुने तिमीबाट भए देश निकै कम
संसारैभरि तिमीले त फैलायौ नि त्रास
तिमीले गर्दा धेरै मनुष्यको खोसियो नि गाँस अनि बास।
फोक्सोमा तिमी पुगे पछि लिन गाह्रो सास
छिट्टै तिमीबाट पार पाइएला भन्ने अझै झिनो आश
दिनुसम्म दिइसक्यो दु:ख मानवलाई बिन्ती अरू नदेऊ
लकडाउनको यो पिंजडाबाट छिट्टै उन्मुक्ति देऊ
(तेजश्वी श्रेष्ठ, बुढानिलकण्ठ विद्यालयमा कक्षा ८ मा अध्ययरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)